टोकियो । जापानले आर्थिक वर्ष २०२५ मा भालु आक्रमणका कारण अहिले सम्म सात जनाको मृत्यु भएको पुष्टि गरेको छ । जुन आर्थिक वर्ष २००६ मा रेकर्ड राख्न सुरु भए पछिको सबै भन्दा बढी हो ।

भालु आक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या आर्थिक वर्ष २०२३ मा छ जना रहेको उल्लेख गर्दै युक्त रेकर्डलाई तोड्दै चालु बर्षमा उच्च रेकर्ड कायम भएको वन तथा वातावरण मन्त्रालयले बुधबार जनाएको छ । मन्त्रालयका अनुसार अधिकांश आक्रमणहरू उत्तरपूर्वी क्षेत्रहरू र होक्काइडोको उत्तरी प्रान्तमा भएका छन् ।

advertisement

सात जना भालु आक्रमणका कारण ज्यान गुमाउने मध्ये इवाटेको उत्तरपूर्वी प्रान्तका एक जना व्यक्ति समावेश रहेको र उहाँको शव अक्टोबर– ८ मा भालुले आक्रमण गरेको अवस्थामा फेला परेको जनाइएको छ ।

यसै बीच, मियागी प्रान्तको सेन्डाईको आवासीय क्षेत्रमा खतरा भढे पछि बुधबार एक वयस्क भालुलाई गोली हानेर मारिएको छ । जापानमा खतरनाक जनावरहरूको “आपतकालीन सुटिङ“ लाई बैध गराउन पहिलो पटक वन्यजन्तु संरक्षण र व्यवस्थापन सम्बन्धी संशोधित कानून प्रयोग गरिएको थियो ।

यस वर्षको अप्रिल देखि सेप्टेम्बर सम्म भालूसँग सम्बन्धित ९९ वटा घटनामा १०८ जना प्रभावित हँदा सबै भन्दा खराब रेकर्ड कायम भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अधिकारीहरूले आवासीय क्षेत्रहरूमा भालु सक्रिय भएकाले आक्रमणहरु बढ्न सक्ने चेतावनी दिँदै मानिसहरूलाई सतर्क रहन आग्रह गरेका छन् ।

  • रासस

प्रकाशित मिति: ३० आश्विन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com