काठमाडौं । नेकपा एमालेको जारी केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग गरिएको छ ।

बिहीबार ललितपुरको जावलाखेलमा जारी एमाले केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य सुरेन्द्र मानन्धरले ओलीको राजीनामा माग गरेका हुन् । मानन्धर कीर्तिपुर नगरपालिकाको उमेदवार थिए ।

advertisement

मूल कुरा त जनतासँग एकाकार हुने राजनीतिसँग पार्टीलाई जोड्न सक्नुपर्छ । यो कुरामा अध्यक्ष कमरेड आजसम्म सफल नदेखिनु भएकोले देश, आन्दोलन र पार्टीलाई थप क्षति हुनबाट रोक्न आफ्ना सहयोध्‌दा कमरेडहरूलाई विश्वास गरी अध्यक्ष पदबाट राजीनामा दिएर उहाँहरूलाई नेतृत्व हस्तान्तरण गरी पार्टीमा सामूहिक नेतृत्व कायम गर्न ऐतिहासिक आवश्यकता भइसकेको छ । यसमा ढिला नगरौँ,’ उनले बैठकमा भने ।

देशमा केही पनि भएको छैन भन्ने चिन्तन ठिक नभएको उनले बताए । ‘दुईतिहाइ नजिकको सरकार चलाइरहेको प्रधानमन्त्रीले देशमा के भइरहेको छ भन्ने कुनै जानकारी र अनुमान समेत गर्न नसक्नु र शासन व्यवस्था तहसनहसको यो भयानक अवस्था आउनुमा मूलतः प्रधानमन्त्रीकै असक्षमता र असफलता हो । अरुलाई दोष दिएर उम्कन खोज्न कदापी मिल्दैन,’ उनले केन्द्रीय समिति बैठकमा भने ।

प्रकाशित मिति: ३० आश्विन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com