काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्र उठेको विशेष महाधिवेशनको मागबारे औपचारिक जानकारी दिएका छन् ।

बिहीबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमिति बैठक सुरु गर्दै खड्काले महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनका लागि हस्ताक्षर बुझाएको तथ्य बैठकलाई अवगत गराए ।

advertisement

उनले दर्ता भएको हस्ताक्षरपत्र कांग्रेस विधानअनुसार अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाइने बताए । खड्काले विशेष महाधिवेशन माग्ने नेताहरूको मूल उद्देश्य पनि मंसिर महिनाभित्र नै नियमित महाधिवेशन सम्पन्न होस् भन्ने रहेकोमा आफू विश्वस्त रहेको टिप्पणी गरे ।

“मलाई लाग्छ, मागकर्ता साथीहरूको चाहना मंसिर मसान्तभित्र नियमित महाधिवेशन सम्पन्न गर्ने नै हो,’ खड्काले बैठकमा भने, ‘हामी यो बैठक टुंगिँदासम्म समयमै अधिवेशन गर्ने साझा समझदारीमा पुग्नेछौँ ।’

युवा नेता गुरुराज घिमिरेको नेतृत्वमा बुधबार महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर बुझाएका थिए । हस्ताक्षरकर्ता समूहले विधानमा तोकिएको ४० प्रतिशतभन्दा बढी, अर्थात् करिब ५१ प्रतिशत प्रतिनिधिको समर्थन प्राप्त भएको दाबी गरेको छ ।

कांग्रेस विधान अनुसार, ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाएमा तीन महिनाभित्र अधिवेशन गर्नुपर्ने व्यवस्था छ ।
पार्टीभित्र यो विषयले नेतृत्व, संगठन र आगामी महाधिवेशन तयारीबारे नयाँ राजनीतिक बहस सुरु गरेको छ ।

प्रकाशित मिति: ३० आश्विन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com