दोलखा । दोलखामा जंगली भालुको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी श्रीराम तिमलसिनाका अनुसार बैतेश्वर गाउँपालिका–३ ठाडे नयाँबस्तीका ५९ वर्षीय टेकबहादुर तामाङ घाँस काट्ने क्रममा भालुको आक्रमणमा परी ज्यान गुमाएका हुन्।
प्रहरीका अनुसार तामाङ आफ्नै घरदेखि करिब २०० मिटर पूर्वतर्फको जंगलमा घाँस काट्दै गर्दा अचानक जंगली भालुले आक्रमण गरेको थियो। गम्भीर घाइते भएका तामाङलाई स्थानीयले उद्धार गरी उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
यसअघि पनि दोलखाकै भालुखोप जंगलमा घाँस काट्ने क्रममा जीरी नगरपालिका–८ निगालेका ३८ वर्षीय दिलीप लामा भालुको आक्रमणबाट घाइते भएका थिए।
प्रकाशित मिति: ३० आश्विन २०८२, बिहिबार












प्रतिक्रिया