काठमाडौं । एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटबाट दुई खेलअघि नै आइसिसी टी–२० विश्वकपमा छानिएको नेपालले च्याम्पियन बन्न आज सामोआसँग खेल्दैछ।
खेल ओमानको इमारातमा दिउँसो सवा ४ बजे सुरु हुनेछ। तुलनात्मक रूपमा कमजोर सामोआलाई हराएमा नेपाल एसिया तथा इस्ट एसिया– प्यासिफिक छनोटको च्याम्पियन बन्ने छ।
नेपाल र सामोआबिच पहिलो पटक भिडन्त हुन लागेको हो। यो प्रतियोगितामा अपराजित एक मात्र टिम नेपाल सुपर सिक्समा आठ अङ्कसहित शीर्ष स्थानमा रहेको छ। घरेलु टिम ओमान छ अङ्कसहित दोस्रो स्थानमा छ।
अन्तिम दिन आज ओमानले पनि जापानको सामना गर्ने छ। आज ओमानको जित र सामाओविरुद्ध नेपालको हार भएमा भने रनरेटको आधारमा उपाधि विजेताको छिनोफानो हुनेछ।
टी–२० विश्वकपको १० औँ संस्करण सन् २०२६ को फेब्रुअरी–मार्चमा भारत र श्रीलङ्कामा संयुक्त रूपमा आयोजना हुँदै छ।
प्रकाशित मिति: ३१ आश्विन २०८२, शुक्रबार












प्रतिक्रिया