काठमाडाैं । थाइल्याण्डसँग फराकिलो हार बेहोर्दै नेपाल एएफसी महिला यु-१७ एसियन कपको छनोट चरणबाट बाहिरिएको छ । थाइल्याण्डको चोनबुरी रङ्गशालामा भरखरै सम्पन्न समूह ‘एफ’ को निर्णायक खेलमा घरेलु टोली थाइल्याण्डसँग १२-० गोलअन्तरले नेपाल पराजित भएको हो ।

यो जितसँगै थाइल्याण्डले दुई खेलमा छ अङ्क जोड्दै अङ्क तालिकाको शीर्ष स्थानमा रहेर आगामी वर्ष चीनमा आयोजना हुने एसियन कपमा स्थान बनाएको छ ।

advertisement

खेलको पहिलो हाफमा आठ गोल गरेको थाइल्याण्डले खेलको दोस्रो हाफमा चार गोल थपेको हो । त्यस्तै थाइल्याण्डले आफ्नो पहिलो खेलमा तुर्किमिनिस्तानसँग १७-० को फराकिलो जित हासिल गरेको थियो । यता नेपाल भने पहिलो खेलमा तुर्किमिनिस्तानसँग गोलरहित बराबरीमा खेलेको थियो ।

प्रकाशित मिति: ३१ आश्विन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com