काठमाडौं । ‘जेनजी’ युवा नेता मिरज ढुंगानाले दल खोलेको उद्देश्य केवल निर्वाचनमा भाग लिन मात्र नभएको स्पष्ट पारेका छन्। उनले भनेका छन् कि आफूहरूले तय गरेका मुख्य माग पूरा नभएसम्म निर्वाचनमा सहभागी नहुने निर्णयमा कायम रहने छन्।

शनिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा ढुंगानाले प्रत्यक्ष निर्वाचित कार्यकारी र विदेशमा रहेका नेपाली नागरिकले मतदान गर्न पाउने सुनिश्चितता बिना आफूहरू निर्वाचनमा नजाने बताए।

advertisement

‘हामीले राजनीतिक दल खोलेको अर्थ केवल चुनावमा भाग लिनु होइन, यो कुरा स्पष्ट हुनुपर्छ,’ उनले भने। उनले हुलमुल मात्र भएर देशको विकास हुन नसक्ने उल्लेख गर्दै आधिकारिक र व्यवस्थित संस्था मात्र देश निर्माणमा सक्षम हुने बताए। ‘आधिकारिक हुनका लागि या त एनजीओ खोल्नुपर्छ या त राजनीतिक दल। नत्र हुलमुल मात्र हुनेछ, हुलमुलबाट देश विकास हुँदैन,’ ढुंगानाले भने।

उनले बाहिर रहेका विभिन्न समूहरूलाई एकत्रित भएर अघि बढ्न आग्रह गर्दै भने, ‘हाम्रो छाता ठूलो छ र यो खालको क्रान्ति धेरै समयपछि मात्र आउने कुरा हो। सबैलाई आउन आमन्त्रण छ।’

ढुंगानाले थप स्पष्ट पारे, ‘हाम्रा बटमलाइन पूरा नभएसम्म हामी निर्वाचन तयारीमा छैनौं। प्रत्यक्ष निर्वाचित कार्यकारी हाम्रो मुख्य माग हो र यसलाई सुनिनैपर्छ। विदेशमा रहेका नेपाली नागरिकले भोट हाल्न पाउनैपर्छ। ३ करोड जनसंख्यामा ८० लाखलाई मात्रै समेटेर कसरी हुन सक्छ?’

उनले चुनावी प्रक्रियामा सहभागिता जनाउनुअघि यी मागहरू पूरा हुनैपर्ने जोड दिएका छन् र यसबिना निर्वाचनमा भाग नलिने प्रतिबद्धता दोहोर्‍याए।

प्रकाशित मिति: १ कार्तिक २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com