काठमाडौं । ‘जेनजी’ युवा नेता मिरज ढुंगानाले आफू जेनजी आन्दोलनको अगुवा भए पनि हालको सरकारमा प्रत्यक्ष भूमिका नलिने स्पष्ट पारेका छन्।

शनिबार काठमाडौंको एक होटलमा आयोजित पत्रकार सम्मेलनमा ढुंगानाले सरकार जेनजीले नै स्थापना गरेको भए पनि आफ्नो सहभागिता सीमित रहने बताएका हुन्।

advertisement

एक सञ्चारकर्मीले फागुनमा हुने निर्वाचनमा प्रत्यक्ष कार्यकारीमा जान सकिने अवस्था रहेको छ कि भन्ने प्रश्न गर्दा ढुंगानाले प्रतिक्रिया दिएका थिए। अर्को प्रश्नमा, जेनजीले बनाएको सरकारमा आफ्ना मुख्य माग पूरा नभएसम्म निर्वाचनमा सहभागी नहुने कुरा ठिक हो कि होइन भनी सोधिएको थियो।

ढुंगानाले प्रश्न फर्काउँदै भने, ‘सुरुवातमै प्रत्यक्ष कार्यकारीको व्यवस्था भए हाम्रो सहमति हुन्थ्यो, नत्र होइन। अबको संवैधानिक प्रणालीमा हामी के स्थिति छौं? हामीले बनाएको सरकार होइन भन्ने अवस्थामा पुग्नुपर्छ कि? आफैंले बनाएको सरकारले गर्न लागेको निर्वाचनमा हामी किन जाँदैनौं भनेर भन्नुहुन्छ? यो सरकार कसको हो?’

जवाफ दिँदै ढुंगानाले भने, ‘यो सरकार जेनजीकै हो, तर म त्यसमा पर्दिनँ। जेनजी धेरै छन्, मेरो प्रत्यक्ष भाग लिने उद्देश्य छैन।’

उनले पत्रकार सम्मेलनमा सबैलाई संगठित हुन आह्वान गर्दै भने कि यसका लागि या त एनजीओ खोल्नुपर्छ वा राजनीतिक दल, ताकि आधिकारिक रूपमा देशमा योगदान दिन सकियोस्।

प्रकाशित मिति: १ कार्तिक २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com