बंगलादेश । बंगलादेशको राजधानी ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो खण्डमा शनिबार आगलागी भएको छ । आगलागीपछि विमानस्थलका सबै उडान अस्थायी रूपमा स्थगित गरिएको बंगलादेशी सञ्चारमाध्यमहरूले जनाएका छन्।

विमानस्थलको गेट नम्बर ८ नजिक दिउँसो करिब २: ३० बजे आगो लागेको बताइएको छ। बंगलादेशको अग्रणी पत्रिका द डेली स्टारका अनुसार आगो निभाउन ३६ वटा दमकल युनिट खटाइएको छ।

advertisement

इन्टर–सर्भिसेज पब्लिक रिलेसन्सका अनुसार बंगलादेश नागरिक उड्डयन प्राधिकरण, बंगलादेश अग्नि सेवा, बंगलादेश नौसेना र बंगलादेश वायुसेनाको दुई दमकल एकाइ आगो निभाउनमा संलग्न छन्। यसबाहेक सीमा रक्षक बंगलादेशका दुई प्लाटुन पनि राहत र उद्धार कार्यमा सामेल भएका छन्।

ढाका विमानस्थल स्रोतले द डेली स्टारलाई बताएअनुसार विमानस्थलमा अवतरण गर्ने तय भएका कम्तीमा पाँच उडानलाई चटगाउँको शाह अमानत अन्तर्राष्ट्रिय विमानस्थल र सिल्हेटको उस्मानी अन्तर्राष्ट्रिय विमानस्थलमा डाइभर्ट गरिएको छ।

प्रकाशित मिति: १ कार्तिक २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com