काठमाडौं । यहि अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने लिग २ क्रिकेट शृंखलाका लागि १५ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ क्यानले रोहितकुमार पौडेलको कप्तानीमा सो टोलीको घोषणा गरेको हो । टोलीको उपकप्तानको रुपमा दीपेन्द्र सिंह ऐरी छन् । क्यानका अनुासार १५ सदस्यीय टोलीमा सन्दीप लामिछाने, आसिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, करण केसी, नन्दन यादव, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, ललित राजवंशी, गुलशन झा, शाहब आलम र अनिल शाह रहेका छन् ।

advertisement

यसअघि ओमानमा भएको विश्वकप छनोटको खेलमा टोलीमा नरहेका अनिल शाह र भीम सार्कीले एक दिवसीय खेलमा स्थान पाएका हुन् । सो छनोट खेल खेलेका लोकेश बम र सन्दिप जोराको नाम भने एकदिवसीय टोलीमा समवेश छैन । सो शृंखलामा नेपालसँगै आयोजक युएई र अमेरिका सहभागी हुने छन् ।

लिग टु तालिकामा नेपाल १६ खेलमा ५ जित सहित १२ अंकका साथ सातौं स्थानमा छ भने यूएई ६ अंक सहित आठौं स्थानमा छ । अमेरिका भने २० खेलमा १४ जितका साथ २८ अंक सहित दोस्रो स्थानमा छ । एकदिवसीय मान्यता जोगाउन नेपालका लगि लिग टु सिरिजका खेलहरु महत्वपूर्ण छन् । लिग टु अन्तर्गत भएका पछिल्ला ४ मध्ये ३ खेलमा नेपाल विजयी भएको छ ।

 

प्रकाशित मिति: २ कार्तिक २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com