काठमाडाैं । नेकपा (एमाले) का केन्द्रीय सदस्य निरज आचार्यले गृहमन्त्री ओमप्रकाश अर्यालका हालका गतिविधि र अभिव्यक्तिहरूले देशमा अस्थिरता र हिंसा भड्काउने खतरा बढाएको आरोप लगाएका छन्। उनले गृहमन्त्रीलाई तत्काल पदमुक्त गर्न सरकारसँग माग गरेका छन्।
आचार्यले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भनेका छन्, गृहमन्त्री अर्यालले भागेका कैदीबन्दीहरूलाई राजनीतिक दलहरूले आफ्ना गतिविधिमा प्रयोग नगर्ने घोषणा गर्नुपर्ने भनेका छन्, तर वास्तविकता उल्टो छ। लुटिएका हतियार, गोलीगठ्ठा र प्रहरीको पोसाक समेत अर्यालले संरक्षण गर्ने समूहको कब्जामा छन्। भागेका कैदीबन्दीहरूसँग उनको सम्पर्क रहेको तथ्य लुकाउन उनले यस्तो फतवा जारी गरेका हुन्।
उनका अनुसार, गृहमन्त्रीका पछिल्ला टिप्पणी र कदमहरूले शान्ति र सुरक्षा कमजोर बनाउने काम गरिरहेका छन्। ‘यदि देशमा शान्ति स्थापनाको लक्ष्य र फागुन २१ गते तय गरिएको निर्वाचन सम्पन्न गर्ने संकल्प सरकारको छ भने प्रधानमन्त्री सुशीला श्रीमानको नेतृत्वको सरकारले तुरुन्तै गृहमन्त्रीलाई पदबाट हटाउन वा उनको मानसिक अवस्थाको उपचार गराउन कदम चाल्नुपर्छ,’ आचार्यले भनेका छन्।
प्रकाशित मिति: ३ कार्तिक २०८२, सोमबार












प्रतिक्रिया