काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डको सचिवालयबाट गंगा दाहालले राजीनाम दिएकी छन्।
गंगा प्रचण्डकी छोरी हुन्। छोरा प्रकाश दाहालको निधनपछि गंगा निरन्तर प्रचण्डको सचिवालयमा छिन् भने माओवादीभित्र पनि संगठनमा बेलामौका उनका नाममा विवाद आउने गरेका थिए।
यसबाहेक नेपोबेबीका नाममा उनी र उनकी छोरीको जेनजी आन्दोलनका क्रममा गलत प्रचार भएको थियो भने आन्दोलनकारीले घर जलाएका थिए।
आफूमाथि लाग्ने गरेको आरोपबारे प्रष्टीकरण समेत दिएकी उनले लाखौंको ब्याग र घडी उपहार पाएको र त्यो पनि जलेर खरानी भएको जानकारी सामाजिक सञ्जालमा दिएकी छन्।
उनले आफूमाथि विभिन्न भ्रामक सूचना सम्प्रेषित भइरहेको भन्दै राजीनामा दिएको घोषणा गरेकी हुन्।

प्रकाशित मिति: ३ कार्तिक २०८२, सोमबार












प्रतिक्रिया