काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य महेश बर्तौलाले शान्ति–सुरक्षा र आगामी फागुन २१ गते तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि गृहमन्त्री ओम अर्याललाई नै प्रमुख चुनौतीका रूपमा चित्रण गरेका छन् ।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत विचार व्यक्त गर्दै बर्तौलाले गृहमन्त्री अर्यालको कार्यशैलीले मुलुकमा अराजकता र अस्थिरता बढाएको आरोप लगाएका छन् ।

advertisement

उनका अनुसार, जेनजी युवाहरूको शान्तिपूर्ण आन्दोलनमा बाह्य हस्तक्षेप र हिंसात्मक गतिविधि गराउने ‘मुख्य संयोजक’ पनि गृहमन्त्री नै हुन् भन्ने निष्कर्ष छानबिनले निकाल्नेछ । बर्तौलाले लेखेका छन्, ‘अर्याल इर्ष्या, कुण्ठा र आक्रोशको घेराभित्र बाँधिएका छन् । उनी न लुटिएका हतियार फिर्ता ल्याउने प्रयास गर्छन्, न प्रहरीको मनोबल उठाउने पहल गर्छन्, न त भागेका कैदीबन्दीहरूको अवस्थाप्रति चासो देखाउँछन् ।’

बर्तौलाले पछिल्ला दिनमा देशभर हत्या, हिंसा र अपराधका घटनाहरू बढिरहेको तर गृहमन्त्री निष्क्रिय रहेको टिप्पणी गरे । उनका शब्दमा, ‘शान्ति र स्थिरता कायम गर्नुभन्दा उल्टो, गृहमन्त्री स्वयंले पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री र शीर्ष नेताहरूलाई भड्काउने, उत्तेजित पार्ने र झूटा अभिव्यक्ति दिएर वातावरण बिगार्ने काम गरिरहेका छन् ।’

उनले गृहमन्त्री अर्यालकै गैरजिम्मेवार व्यवहारका कारण देशमा अस्थिरता, अराजकता र अविश्वासको वातावरण सिर्जना भइरहेको दाबी गरे ।

 

प्रकाशित मिति: ४ कार्तिक २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com