काठमाडौं । पाकिस्तानले गाजामा इजरायलले गरेको पछिल्लो आक्रमणको कडा शब्दमा निन्दा गरेको छ। यस सम्बन्धमा विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गरेको छ।
‘यस्ता आक्रमणहरू मुस्लिम र अरब विश्व, संयुक्त राज्य अमेरिका, युरोप र संयुक्त राष्ट्र संघको नेतृत्वको उपस्थितिमा शर्म अल-शेखमा भएको शान्ति सम्झौताको भावना विपरीत छन्,’ विज्ञप्तिमा भनिएको छ ।
पाकिस्तानले अन्तर्राष्ट्रिय समुदायलाई यी उल्लङ्घनहरू रोक्न, युद्धविरामको पूर्ण पालना सुनिश्चित गर्न र प्यालेस्टिनी जनताको सुरक्षाको ग्यारेन्टी गर्न तत्काल र प्रभावकारी कदम चाल्न अपील गरेको छ।
इजरायल र हमासबीच हालै युद्धविरामको घोषणा भएको छ।
यद्यपि, गत हप्ता हमास र इजरायलले एकअर्कालाई युद्धविराम उल्लंघन गरेको आरोप लगाए।
प्रकाशित मिति: ५ कार्तिक २०८२, बुधबार













प्रतिक्रिया