म्याग्दी ।  म्याग्दीको रघुगङ्गङ्गा गाउँपालिका-८ घ्याँसीखर्क र धवलागिरि गाउँपालिका-२ लुलाङ जोड्ने सडकमा चार महिनापछि यातायात सञ्चालन भएको छ ।

रघुगङ्गा गाउँपालिका-७ चिमखोलाको मलाङ पहिरोका कारण घ्याँसीखर्क र धवलागिरि गाउँपालिका-२ मा रहेको दरखोलामा वर्षात्सँगै बाढीको सतह बढेपछि लुलाङ जोड्ने सडक गत असारदेखि अवरुद्ध भएको थियो ।

advertisement

धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरबम दरखोलामा बर्खा रोकिएपछि पानीको सतह घटेपछि ह्युमपाइप राखेर लुलाङ जोड्ने सडकमा यातायात सञ्चालन गरिएको छ । दरखोलामा मोटरेबल पुल नभएकाले लुलाङ र गुर्जा गाउँ जोड्ने सडकमा बर्खायाममा यातायात अवरुद्ध हुने गरेको छ ।

त्यसैगरी, राहुघाट नदीमा निर्माण भएका चिमखोला-राहुघाट-मङ्गले, ठूलोखोला र माथिल्लो ठूलोखोला जलविद्युत् आयोजनाको सहयोगमा डोजर परिचालन गरेर मलाङको पहिरो पन्छाएपछि चिमखोला शुँदै घ्याँसीखर्क जोड्ने सडकमा यातायात सञ्चालन भएको हो ।

म्याग्दीको विकट क्षेत्रमा पर्ने घ्याँसीखर्क र लुलाङसहित बर्खामा अवरुद्ध भएका सबै सडक मर्मत गरेर यातायात सञ्चालन गरिएको स्थानीय तहहरूले जनाएका छन् । यातायात सञ्चालन भएसँगै ग्रामीण क्षेत्रका बासिन्दालाई आवतजावत, निर्माण सामग्री र खाद्यान्न ढुवानी तथा कृषि र पशुजन्य वस्तु बिक्री गर्न सहज भएको छ ।

प्रकाशित मिति: ६ कार्तिक २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com