भोजपुर । यस वर्ष समयमा फूल नफुल्दा भोजपुरमा फूल अभाव देखिएको छ । गत वर्षको तुलनामा यस वर्ष फूल उत्पादनमा उल्लेख्य कमी आएको स्थानीय किसानहरूको भनाइ छ ।

सामान्यतया असोज अन्त्यतिरै फूल फुल्ने गरे पनि यस वर्ष मौसम अनुकूल नहुँदा अहिलेसम्म अधिकांश कोपिला मात्रै बनेका छन् । सोही कारण मखमली, सयपत्री, गोदावरीलगायत तिहारमा बढी प्रयोग हुने फूलको अभाव देखिएको हो ।

advertisement

यो वर्ष गाउँघरमा फूल नफुल्दा समस्या रहेको भोजपुरको टेम्केमैयुङकी स्थानीय किसान दुर्गा विष्टले बताए । ‘अहिले तिहारका लागि लगाइएको फूल मौसम अनुकूल नहुँदा समयमा फुलेन’ , उनले भने, ‘अहिले पनि धेरै बोटमा कोपिला मात्रै छन् ।’

स्थानीय व्यापारीहरूका अनुसार उत्पादन कम हुँदा माग बढ्दो रहेकाले माग पुर्याउन समस्या भइरहेको छ । उत्पादन घटेकाले यस वर्ष फूलको मूल्यसमेत बढेको स्थानीयको भनाइ छ ।

प्रकाशित मिति: ६ कार्तिक २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com