काठमाडौं । गायिका नितु पौडेलको निधनपछि गायक तथा सङ्गीतकार बाबुल गिरी जिल्ला प्रहरी परिसर काठमाडौंमा उपस्थित भएका छन् । पौडेलको शुक्रबार बिहान कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएपछि गिरी स्वेच्छाले प्रहरी सम्पर्कमा पुगेका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार गिरीलाई सोधपुछका लागि बोलाइएको थियो । यसअघि पनि गत शनिबार पौडेलले आत्मदाह प्रयास गरेपछि गिरीसँग प्रारम्भिक बयान लिइएको थियो ।

advertisement

पौडेलले शनिबार दिउँसो अनामनगरस्थित गिरीकै स्टुडियोमा आफैंमाथि पेट्रोल खन्याएर आगो लगाएकी थिइन् । सो क्रममा गिरी समेत सामान्य रूपमा घाइते भएका थिए । उनलाई उपचारपछि त्यही दिन कीर्तिपुर बर्न अस्पतालले डिस्चार्ज गरेको थियो ।

डिस्चार्ज भएलगत्तै प्रहरीले उनलाई प्रारम्भिक अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो । अहिले गिरी प्रहरीको सम्पर्कमै रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी परिसरले जनाएको छ ।

प्रकाशित मिति: ७ कार्तिक २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com