काठमाडौं । गायिका नितु पौडेलको मृत्यु प्रकरणमा उनका आफन्तहरूले गायक तथा सङ्गीतकार बाबुल गिरीविरुद्ध प्रहरीमा औपचारिक उजुरी दर्ता गरेका छन् ।

शुक्रबार  दिउँसो प्रहरी वृत्त सिंहदरबारमा गिरीविरुद्ध आत्महत्या दुरुत्साहन सम्बन्धी कसुरमा जाहेरी परेको प्रहरीले पुष्टि गरेको छ । उजुरी दर्ता भएपछि उनलाई हिरासतमा राखी थप अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।

advertisement

गत शनिबार दिउँसो काठमाडौंको अनामनगरस्थित गिरीकै स्टुडियोमा पौडेलले शरीरमा पेट्रोल खन्याएर आत्मदाह प्रयास गरेकी थिइन् । गम्भीर रूपमा घाइते भएकी उनलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । उपचारका क्रममा शुक्रबार बिहान पौडेलको मृत्यु भएको हो ।

उनको निधनपछि गायक गिरी आफैं प्रहरी सम्पर्कमा पुगेका थिए । अहिले उनीमाथि पौडेललाई आत्महत्यातर्फ प्रेरित गरेको आशङ्कामा अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ ।

प्रकाशित मिति: ७ कार्तिक २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com