काठमाडौं । गायक तथा संगीतकार बाबुल (धनबहादुर) गिरीलाई प्रहरीले पक्राउ गरेको छ।

आत्महत्या दुरूत्साहन मुद्दामा उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।

advertisement

पौडेलको उपचार क्रममा मृत्यु भएपछि उनको परिवारले स्टुडियो सञ्चालक बाबुल गिरीविरूद्ध जाहेरी दिएको थियो।

पौडेलले अनामनगरस्थित एक स्टुडियोमा आत्मदाहको प्रयास गरेकी थिइन्। कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारकै क्रममा रहेकी उनको मृत्यु भएको थियो।

प्रकाशित मिति: ७ कार्तिक २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com