काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले हायात होटलमा सेवा बन्द र कर्मचारी प्रवेशमा लगाइएको रोकबारे गम्भीर चासो व्यक्त गरेकी छन् ।
प्रधानमन्त्रीको सो चासोपछि अर्थमन्त्री रामेश्वर खनाल शनिबार बिहानै हायात रिजेन्सीका व्यवस्थापकसँग सम्पर्कमा पुगेका हुन् ।
कुराकानीका क्रममा अर्थमन्त्री खनालले सरकारले होटलको सुरक्षा र सञ्चालनमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले होटल प्रशासनलाई नआत्तिन र सेवा अवरुद्ध नगरी सञ्चालन जारी राख्न आग्रह गरे ।
‘सरकार तपाईंहरूको साथमा छ,’ उनले भने, ‘उच्च मनोबलका साथ सेवा निरन्तर राख्नुस्, सुरक्षाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनेछ।’
प्रधानमन्त्रीको सचिवालयका अनुसार हायात होटल बन्दको विषयमा आइतबार होटल व्यवस्थापनसँग थप छलफल गरी समस्या समाधानका लागि आवश्यक कदम चालिनेछ ।
प्रकाशित मिति: ८ कार्तिक २०८२, शनिबार













प्रतिक्रिया