काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार मुलुकको पछिल्लो सुरक्षा अवस्थाबारे उच्चस्तरीय बैठक सम्पन्न भएको छ। प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दंगाल तथा चारवटै सुरक्षा निकायका प्रमुखहरूबीच करिब दुई घण्टा लामो छलफल भएको हो।

बैठकमा देशभरको हालको सुरक्षा परिस्थिति, सम्भावित चुनौती र त्यसको व्यवस्थापनका उपायबारे विस्तृत समीक्षा गरिएको थियो। सुरक्षा निकायका प्रमुखहरूले आफ्ना–आफ्ना तर्फबाट विश्लेषण र सुझाव प्रस्तुत गरेका थिए।

advertisement

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री अर्यालले विभिन्न समूहहरूले प्रदर्शनको तयारी गरिरहेको सूचनाको पृष्ठभूमिमा सरकारले सूक्ष्म विश्लेषण गरिरहेको बताए। उनले भने, ‘सुरक्षा अवस्थाबारे गम्भीर मूल्यांकन गरेका छौँ। सबैलाई राजनीतिक मागहरू जिम्मेवार ढङ्गले राख्न स्वतन्त्रता छ। सरकार संवादमार्फत समाधान खोज्न इच्छुक छ, वार्ताको ढोका खुला छ।’

गृहमन्त्रीले अहिलेको संवेदनशील अवस्थालाई ध्यानमा राख्दै सबै पक्षलाई संयमित र जिम्मेवार रहन पनि आग्रह गरे।

बैठकमा प्रधानमन्त्री कार्की, गृहमन्त्री अर्याल, गृहसचिव दंगाल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: ८ कार्तिक २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com