काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएकी छन्।
बालुवाटार स्रोतका अनुसार आज उनको मन्त्रिमण्डलमा चार मन्त्री थपिने भएका हुन्।
‘गणपतिलाल श्रेष्ठ पर्यटन, सुधा गौतम स्वास्थ्य, बब्लु गुप्ता खेलकुद र खगेन्द्र सुनार श्रममन्त्री बन्दै छन्’, स्रोतले नेपालखबरसँग भन्यो।
आज चार मन्त्री थपिँदा कार्की नेतृत्वको मन्त्रिपरिषद् १२ सदस्यीय हुनेछ।यसअघि मन्त्रिमण्डलमा ८ सदस्य भइसकेका छन्।
जसमा कार्की प्रधानमन्त्री, रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री, ओमप्रकाश अर्याल गृहमन्त्री, अनिलकुमार सिन्हा उद्योग वाणिज्य तथा आपूर्ति, कानुन तथा न्याय, भूमिसुधार, सहकारी तथा गरिबी निवारण, महावीर पुन शिक्षा तथा विज्ञान प्रविधि, मदनप्रसाद परियार कृषि तथा पशुपन्छी विकास र जगदीश खरेल सूचना तथा सञ्चारमन्त्री छन्।
प्रकाशित मिति: ९ कार्तिक २०८२, आइतबार












प्रतिक्रिया