क्वालालम्पुर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मलेसिया भ्रमणको क्रममा राजधानी क्वालालम्पुरमा उनको विरोधमा प्रदर्शन गरिएको छ। ट्रम्प मलेसिया भ्रमणमा रहँदा स्थानीय समूहहरूले राजधानीको विभिन्न स्थानमा र्‍याली गर्दै उनको नीतिविरुद्ध आवाज उठाएका हुन्।

समाचार एजेन्सी एएफपीले सार्वजनिक गरेको भिडियोमा प्रदर्शनकारीहरू ‘ट्रम्प, मलेसियामा तपाईंलाई स्वागत छैन’ भन्ने लेखिएको ब्यानर बोकेर नाराबाजी गरिरहेका देखिन्छन्। प्रदर्शनमा सहभागी धेरैले प्यालेस्टिनी झण्डा फहराउँदै अमेरिकी नीतिको विरोध जनाएका थिए।

advertisement

ट्रम्प अहिले एसियाली देशहरूको एक हप्ते भ्रमणमा रहेका छन्। मलेसियामा उनको उपस्थितिका क्रममा थाइल्यान्ड र कम्बोडियाले आफ्नो सीमा विवाद अन्त्य गर्न ऐतिहासिक शान्ति सम्झौतामा हस्ताक्षर गरेका छन्।

प्रकाशित मिति: ९ कार्तिक २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com