काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले मुलुक गम्भीर मोडमा पुगेको भन्दै अब सबै नेपाली एकजुट भएर देश निर्माणमा लाग्नुपर्ने बताएका छन्।

आइतबार काठमाडौंमा सञ्चारकर्मीसँगको छलफलका क्रममा प्रसाईंले विगतका आफ्ना गतिविधिमा कमजोरी हुनसक्ने स्वीकार गर्दै ती गल्ती सच्याउने प्रतिबद्धता जनाए। उनले भने, यदि मेरो कारणले देशलाई समस्या परेको हो भने म देश छाडेर जान पनि तयार छु।

advertisement

प्रसाईंका अनुसार देश र जनताको पक्षमा आफ्ना विचार राख्दा पनि मुख्यधारका सञ्चारमाध्यमले आफूलाई नकारात्मक रूपमा चित्रित गरेको गुनासो छ। “मैले सधैं जनताको पक्षमा बोलेको हुँ, तर मिडियाले त्यो सन्देश सही रूपमा प्रस्तुत गरेन,” उनले भने।

उनले थपे, सरल भाषामा मागहरू राख्दा कसैले नसुनेपछि कडा रूपमा बोल्नुपर्‍यो।

प्रसाईंले हाल गृहमन्त्रालयले आफ्ना मागबारे छलफलका लागि बोलाएको जानकारी दिँदै सरकारको यो कदम सकारात्मक रहेको बताए। संवादमार्फत समाधान खोज्ने सरकारको प्रयास स्वागतयोग्य छ, उनले भने।

प्रकाशित मिति: ९ कार्तिक २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com