काठमाडौं । सहरी विकास मन्त्री कुलमान घिसिङले सरकारी जग्गामा बनेका अवैध संरचनामाथि डोजर चलाउन काठमाडौं उपत्यका विकास प्राधिकरणलाई निर्देशन दिएका छन् । स्रोतका अनुसार मन्त्री घिसिङलाई भेट्न उपत्यका विकास प्राधिकरणको टिम हिजो मन्त्रालयमा पुगेको थियो । सो क्रममा सबैभन्दा धेरै सरकारी जग्गा मिच्ने नेतादेखि व्यापारीसम्मको लिस्ट उनीहरुले मन्त्री घिसिङलाई दिएका छन् ।

काठमाडौं उपत्यका विकास प्राधिकरणका अनुसार काठमाडौं जिल्लामा मात्रै १ लाख रोपनीभन्दा बढी सरकारी जग्गा अतिक्रमण भएको छ । प्राधिकरण स्रोतका अनुसार यसरी जग्गा अतिक्रमित गर्नेहरुमा पहुँचवाला र शक्तिशाली मान्छेहरु रहेका छन् । १ लाख रोपनी अतिक्रमित जग्गामध्ये सुकुम्बासी बस्तीले ५/७ सय रोपनीमात्रै ओगटेको छ ।

advertisement

नेपाल प्रहरीका पूर्व आईजीपी उपेन्द्रकान्त अर्यालदेखि भिभोर होटल, हरिभक्तलाल श्रेष्ठ, अमर आदर्श स्कूल, विजय सम्बाहाम्फेको लोयल्टी एकेडेमी र नेपाली कांग्रेसका शीर्ष नेताहरुले समेत सरकारी जग्गा हडपेको पाइएको प्राधिकरण स्रोतले बतायो ।

‘हिजो प्राधिकरणको टिमले मन्त्रीज्यूलाई भेटेको थियो । सो क्रममा सरकारी जग्गा अतिक्रमण गर्ने १८/२० जना ठूला भू–माफियाहरुको नाममा हामीले मन्त्रीज्यूलाई दिएका छौं । मन्त्रीज्यूले सरकारी जग्गामा बनेका सबै अवैध संरचनामा डोजर चलाउन निर्देशन दिनुएको छ,’– प्राधिकरण स्रोतले भन्यो ।

प्रकाशित मिति: ९ कार्तिक २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com