काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ सोमबार भारत प्रस्थान गर्दैछन्।
उनले भारतमा हुने अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (International Solar Alliance – ISA) को आठौँ महासभामा नेपालको प्रतिनिधित्व गर्नेछन्।
ऊर्जा मन्त्रालयका अनुसार घिसिङको भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको छ। उनी सोमबार दिउँसो १:४५ बजे दिल्लीका लागि प्रस्थान गर्ने कार्यक्रम तय गरिएको छ।
यो महासभामा ४० भन्दा बढी देशका ऊर्जा मन्त्रीहरू सहभागी हुने छन्। सौर्य ऊर्जा प्रवर्द्धनका उद्देश्यले गठन गरिएको यो गठबन्धनका सदस्य राष्ट्रमध्ये नेपाल पनि एक हो।
मन्त्री घिसिङले सम्मेलनमा नेपालका सौर्य ऊर्जा विस्तार, लगानीका अवसर र सहकार्यका सम्भावनाबारे आफ्ना धारणा प्रस्तुत गर्ने तयारी छ।
प्रकाशित मिति: ९ कार्तिक २०८२, आइतबार













प्रतिक्रिया