काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ सोमबार भारत प्रस्थान गर्दैछन्।

उनले भारतमा हुने अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (International Solar Alliance – ISA) को आठौँ महासभामा नेपालको प्रतिनिधित्व गर्नेछन्।

advertisement

ऊर्जा मन्त्रालयका अनुसार घिसिङको भ्रमण मन्त्रिपरिषद्‌बाट स्वीकृत भइसकेको छ। उनी सोमबार दिउँसो १:४५ बजे दिल्लीका लागि प्रस्थान गर्ने कार्यक्रम तय गरिएको छ।

यो महासभामा ४० भन्दा बढी देशका ऊर्जा मन्त्रीहरू सहभागी हुने छन्। सौर्य ऊर्जा प्रवर्द्धनका उद्देश्यले गठन गरिएको यो गठबन्धनका सदस्य राष्ट्रमध्ये नेपाल पनि एक हो।

मन्त्री घिसिङले सम्मेलनमा नेपालका सौर्य ऊर्जा विस्तार, लगानीका अवसर र सहकार्यका सम्भावनाबारे आफ्ना धारणा प्रस्तुत गर्ने तयारी छ।

प्रकाशित मिति: ९ कार्तिक २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com