काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले परिस्थितिको संवेदनशीलता र आ-आफ्नो जिम्मेवारीको बोध गर्दै सबै पक्ष निर्वाचन सफल पार्न जुट्नुपर्ने बताएकी छिन्। छठ पर्वमा शुभकामना दिँदै उनले आगामी फागुन २१ गते हुन लागेको निर्वाचनलाई एक राष्ट्रिय अनुष्ठानका रूपमा ग्रहण आह्वान गरेकी छिन्।

‘आगामी निर्वाचनलाई पनि एक राष्ट्रिय अनुष्ठानका रुपमा ग्रहण गरी त्यसमा सहभागी हुन र सफल बनाउन सबै पक्षलाई आह्वान गर्दछु’, उनले जारी गरेको सन्देशमा उल्लेख छ।

advertisement

उनले कुनै असन्तुष्टि भए सडकबाट नभई शान्तिपूर्ण तबरबाट समाधान खोज्नसमेत आग्रह गरेकी छिन्। ‘सडकमा प्रदर्शन मात्र सबै समस्याको समाधान होइन’, उनले भनेकी छिन्, ‘आफ्ना कुनै अडान वा असन्तुष्टि छन् भने पनि शान्तिपूर्ण तबरले राखी आमजनताको मन जितेर निर्वाचनबाट अनुमोदित गराउनु लोकतन्त्रको सर्वोत्तम विधि हो।’

प्रकाशित मिति: १० कार्तिक २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com