काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आफूलाई कुनै पनि औपचारिक समारोहमा निमन्त्रणा नगर्न आग्रह गरेका छन् ।

सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी दिँदै उनले विशेषगरी उद्घाटन, शिलान्यास वा प्रमुख अतिथिको रूपमा हुने कार्यक्रमका लागि निम्तो नपठाउन अनुरोध गरेका हुन्।

advertisement

मन्त्री पुनले आफ्नो सम्पूर्ण समय कार्य सम्पादनमा केन्द्रित गर्न चाहेको उल्लेख गर्दै अनावश्यक औपचारिकतामा समय खर्च गर्न नचाहेको स्पष्ट पारेका छन्। उनले लेखेका छन्, ‘कृपया हालको म मन्त्रीलाई उद्घाटन, शिलान्यास वा प्रमुख अतिथि हुने कुनै पनि औपचारिक कार्यक्रमका लागि निमन्त्रणा नदिनुहोस्।’

उनले युनेस्कोको महासभा (उज्बेकिस्तान) र ब्रिटिश काउन्सिलले आयोजना गरेको सम्मेलन (नाइजेरिया) मा समेत भाग नलिएर आफू औपचारिक भ्रमणभन्दा कामलाई प्राथमिकता दिने व्यक्ति भएको प्रष्ट्याएका छन्।

मन्त्री पुनका अनुसार सरकारले अत्यावश्यक र नगई नहुने कामका लागि मात्र केही मन्त्रीहरूलाई विदेश पठाएको हो। उनले ‘विदेश घुम्न गयो’ भन्ने भ्रामक प्रचार नगर्न आग्रह गर्दै जनतालाई तथ्य बुझ्न आग्रह गरे।

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापकसमेत रहेका वैज्ञानिक पुन मन्त्री बनेयता नै आफ्नो सरल, पारदर्शी र परिणाममुखी कार्यशैलीका कारण चर्चामा रहेका छन्।

प्रकाशित मिति: १० कार्तिक २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com