पाँचथर । मिक्लाजुङ गाउँपालिका-८ दुर्दिम्बामा बुवाले गोली प्रहार गरी छोराको हत्या गरेका छन् ।

मिक्लाजुङ-८ दुर्दिम्बाको भदौरेका ५२ वर्षीय बखतसिंह सिंघक लिम्बूले आफ्नै १७ वर्षीय छोरा सफल सिंघकलाई भरुवा बन्दुकबाट गोली प्रहार गरी हत्या गरेका हुन् । मापक पदार्थ सेवन गरेका बखतसिंहले आइतबार ३:२० बजे घर पछाडिको बारीमा करिब १०० मिटर टाढाबाट छोरामाथि गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

advertisement

दाहिने कुम, कञ्चट र छातीमा गोली लागेका सफलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अनिषकुमार कर्णले जानकारी दिए ।

प्रहरीले बखतसिंहलाई भरुवा बन्दुकसहित पक्राउ गरेको छ । मृतक सफलको शव परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १० कार्तिक २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com