काठमाडौं । अधिवक्ता स्वागत नेपालसँग केन्द्रीय साइबर ब्यूरो, भोटाहिटीले करिब ६ घण्टासम्म बयान लिएको छ।

ब्यूरोको भनाइअनुसार आइतबार नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरोमा उपस्थित भएका अधिवक्ता नेपालसँग करिब साढे पाँचदेखि छ घण्टासम्म सोधपुछ गरिएको थियो। ब्यूरोका प्रवक्ता एसपी दीपकराज अवस्थीले बताए, ‘उहाँ हिजो आइपुग्नुभयो, करिब ६ घण्टा कुराकानीपछि फर्किनुभयो।’

advertisement

अवस्थीका अनुसार सोमबार सार्वजनिक बिदा परेकाले मंगलबार थप बयान प्रक्रिया अघि बढाइनेछ। अधिवक्ता नेपाल पनि मंगलबार पुनः उपस्थित हुने भन्दै ब्यूरोबाट बाहिरिएका थिए।

उनीमाथि साइबर अपराधसम्बन्धी उजुरीका आधारमा अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ, तर आरोपको स्वरूपबारे विस्तृत विवरण हालसम्म सार्वजनिक गरिएको छैन।

यता अधिवक्ता स्वागत नेपालले भने आफूले प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध प्रश्न उठाएको कारण आफूलाई साइबर मुद्दामा तानिएको दाबी गरेका छन्।

प्रकाशित मिति: १० कार्तिक २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com