काठमाडौं । नेपाली कांग्रेसका नेता भुपेन्द्रजङ्ग शाहीले प्रधानमन्त्री तथा मन्त्रीहरूलाई आ-आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्न दबाब दिएका छन्। उनी भन्छन् – ‘सार्वजनिक पदमा विराजमान व्यक्तिहरूले पारदर्शिता कायम राख्न सम्पत्ति विवरण अविलम्ब छिटो सार्वजनिक गर्नुपर्छ।’
शाहीले सार्वजनिक पद धारण गर्ने व्यक्तिले आफ्नो सम्पत्ति तथा दायित्व सार्वजनिक गर्नुपर्ने कानूनी व्यवस्था भएकाले यो लोकतान्त्रिक अपेक्षा भएको बताए । तर, प्रधानमन्त्री तथा मन्त्रीहरूले आफ्नो र आफ्नो परिवारका सम्पत्ति विवरण सार्वजनिक गर्नमा पछि हटेको बताए।
हाल कायम कानूनी व्यवस्था अनुसार प्रधानमन्त्री-मन्त्रीहरुले पदभार ग्रहण गरेको ६० दिनभित्र आ-आफ्नो सम्पत्ति विवरण सम्बन्धित निकायमा बुझाउनुपर्ने हुन्छ ।
शाहीले भनेका छन्, ‘ सरकारका प्रमुख तथा मन्त्रीहरूको सम्पत्तिको विवरण जानकारी पाउने जनताको अधिकार छ । जसले सरकारप्रतिको जनविश्वास समेत बलियो बनाउँछ । तर, सम्पत्ति विवरण सार्वजनिक नगर्ने प्रवृत्तिले भ्रष्टाचार, अनियमिततालाई प्रोत्साहन गर्छ।
‘सम्पत्ति विवरण सार्वजनिक गर्ने अभ्यासले लोकतान्त्रिक रुपमा नेताहरूलाई जवाफदेही बनाउने तथा नीतिगत निर्णयप्रति नागरिकको भरोसा बढाउने हुँदा सम्पत्ति विवरण सार्वजनिक गर्न सरकारलाई अपिल गरेका छन्।
प्रकाशित मिति: १० कार्तिक २०८२, सोमबार













प्रतिक्रिया