काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ६ अर्ब २५ करोड ५ लाख रुपैयाँको विद्युतीय कार, जिप र भ्यान आयात भएको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्षको सोही अवधिमा ६ अर्ब १० करोड ७७ लाख रुपैयाँको विद्युतीय सवारी आयात भएको थियो ।

गत आर्थिक वर्षको तीन महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा एक सय ४ युनिट बढी विद्युतीय सवारी आयात भएको विभागको तथ्यांक छ । चालु आर्थिक वर्षको तीन महिनामा २ हजार ६ सय २० युनिट विद्युतीय सवारी आयात गरिएको विभागले जनाएको छ । गत वर्षको सोही अवधिमा २ हजार ५ सय १६ युनिट विद्युतीय सवारी आयात गरिएको छ।

advertisement

यससँगै नियोसिया माइक्रोबसपनि उल्लेख्य मात्रामा नेपाल भित्रीएको छ भने नेपालमा सार्वजनिक यातायात क्षेत्रमा इलेक्ट्रिक सवारीको नयाँ युग ल्याएको केवाइसी इलेक्ट्रीक माइक्रोबस अहिले गम्भीर विवादमा फसेको छ।

‘अदालतको आदेश विपरीत केवाईसीको नाम परिवर्तन गरेर भित्राइएको नियोसिया रहेछ भन्ने कुरा गाडी बुकिङपछि मात्र थाहा पाएँ। उनले भने, – नियोसिया गाडी किन्दा हामी खरिदकर्ता मारमा पर्ने देख्यौं। अब उक्त गाडी बुकिङ रद्द गर्ने तयारीमा छु, नियोसिया गाडी नबुझी खरिद गर्दा कानुनी उल्झनमा समेत फस्ने डर भयो।’

केवाईसी ब्राण्डसँग सम्बन्धित अधिकार अर्को कम्पनी इलेक्ट्रीक्स ड्रीम्स मोबिलिटीलाई दिने चलखेलपछि अदालतमा मुद्दा चलेको छ।

यस कम्पनीको सञ्चालनमा एसएसजी ग्रुपका सन्दीप अग्रवाल र रामेश्वर फैजु संलग्न रहेको स्रोतको भनाई छ। वितरक अधिकार र स्वामित्व सम्बन्धी विवाद अदालतसम्म पुगेपछि सर्वोच्च अदालतले इलेक्ट्रीक्स ड्रीम्स मोबिलिटीलाई नेपालमा केवाईसी गाडी आयात गर्न अनुमति नदिने फैसला सुनाएको छ।

अदालतको आदेशपछि केही समयमै सोही कम्पनीको नाम गरेका संचालकहरुले अर्को कम्पनी एम्बर मोटर्स प्रा.लि खडा गरी चीनस्थित निर्माता कम्पनीलाई प्रभावमा पार्दै अदालतको आदेशलाई समेत लत्याउँदै KYC को नाम परिवर्तन गरी NEOSEA राखेको पुष्टि भएपछि यो विवाद चरम उत्कर्षमा पुगेको छ।

नियोसिया गाडी खरिदका लागि गाडी बुकिङ गरेका एक खरिदकर्ता भन्छन् – ‘अदालतको आदेश विपरीत केवाईसीको नाम परिवर्तन गरेर भित्राइएको नियोसिया रहेछ भन्ने कुरा गाडी बुकिङपछि मात्र थाहा पाएँ। उनले भने, – नियोसिया गाडी किन्दा हामी खरिदकर्ता मारमा पर्ने देख्यौं। अब उक्त गाडी बुकिङ रद्द गर्ने तयारीमा छु, नियोसिया गाडी नबुझी खरिद गर्दा कानुनी उल्झनमा समेत फस्ने डर भयो।’

विभागका अनुसार गत आर्थिक वर्षको तीन महिनामा ५० किलोवाटसम्मको १ अर्ब ३९ करोड १९ लाख रुपैयाँको ७ सय ७२ युनिट सवारी आयात हुँदा चालु आर्थिक वर्षको सोही अवधिमा १ अर्ब २६ करोड ६७ लाख रुपैयाँको ७ सय ५१ युनिट आयात भएको छ ।

गत वर्षको तीन महिनामा सय किलोवाट क्षमतासम्मको ४ अर्ब १६ करोड ३४ लाख रुपैयाँको १ हजार ५ सय ८२ युनिट आयात हुँदा चालु आर्थिक वर्षको सोही अवधिमा ४ अर्ब २ करोड १९ लाख रुपैयाँको १ हजार ५ सय ४५ युनिट आयात भएको छ ।

गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा ३ सय किलोवाटसम्मको सवारी आयात भने घटेको छ । गत आर्थिक वर्ष १ करोड ८४ लाख ८२ हजार रुपैयाँको ३ युनिट सवारी आयात हुँदा चालु आर्थिक वर्षको तीन महिनामा ४८ लाख ४९ हजार रुपैयाँको एक युनिट आयात भएको छ ।

प्रकाशित मिति: १० कार्तिक २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com