काठमाडौं । भदौ २३ र २४ गते सम्पन्न जेनजी आन्दोलनका क्रममा केही राजनीतिक दलका मुख्य कार्यालयहरू आन्दोलनकारीको निशानामा परेका थिए। आन्दोलनकारीहरूले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का कार्यालयमा तोडफोड र आगजनी गरेका थिए।

यस आगजनीमा कार्यालयभित्र रहेका महत्वपूर्ण कागजातहरू नष्ट भए भने डिजिटल उपकरणहरू लुटिएर भवनहरू गंभीर रूपमा क्षतिग्रस्त भएका थिए।

advertisement

हाल प्रभावित कार्यालयहरूमा दलहरूले सरसफाइ गरिसकेका छन् र आफ्नो नियमित कामकाज प्रारम्भ गरेका छन्। नेकपा एमाले र माओवादी केन्द्रले भने भवनको पुनर्निर्माण प्रक्रिया सुरु गरिसकेका छन्।

राजनीतिक दलहरूले भवन सुरक्षा सुनिश्चित गर्न, इन्जिनियरिङ मूल्याङ्कन गर्न, नष्ट भएका डिजिटल र प्रशासनिक डाटाको पुनर्संरचना गर्न तथा आकस्मिक स्रोतबाट काम संचालन जारी राख्न योजना र स्रोत व्यवस्थापनमा जोड दिएका छन्।

प्रकाशित मिति: ११ कार्तिक २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com