काठमाडौं । प्रतिकूल मौसमका कारण मुलुकभर हवाई उडानमा सामान्य असर देखिएको छ। खराब दृश्यता (‘भिजिबिलिटी’) को कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू केही ढिला भएका छन्।

अन्तर्राष्ट्रिय उडानहरू केही समयदेखि ‘होल्ड’ मा रहेको र हिमाली क्षेत्रका लुक्ला (तेञ्जिङ हिलारी), हुम्ला (सिमीकोट) लगायतका विमानस्थलमा उडान सामान्य प्रभावित भएको विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले जानकारी दिएका छन्। उनले भने, “खराब मौसमका कारण अहिले केवल इन्स्टुमेन्ट फ्लाइट रुल्स (IFR) अनुसार उडान मात्र सञ्चालन भइरहेको छ। केही उडान ढिला भए पनि रद्द गर्नुपर्ने अवस्था छैन।”

advertisement

देशभर हाल पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव छ। जल तथा मौसम विज्ञान विभागका अनुसार यस प्रणालीको प्रभावले गएरातिदेखि बुधबार बिहानसम्म गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही क्षेत्र तथा अन्य प्रदेशका पहाडी र हिमाली भू–भागमा हल्का देखि मध्यम वर्षा वा हिमपात हुने सम्भावना रहेको छ।

काठमाडौँ उपत्यकामा बिहानदेखि आकाश बदली रहेको छ र यात्रुहरूले उडानमा ढिलाइको सम्भावनालाई ध्यानमा राखेर यात्रा गर्नुपर्ने अवश्यकता छ।

प्रकाशित मिति: ११ कार्तिक २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com