काठमाडौं । इजराइलले मंगलबार राति गाजा क्षेत्रमा भीषण हवाई आक्रमण गरेको छ, जसले गाजा सहर, बेत ला र खान युनिसलगायतका बस्तीहरूमा ठूलो विनाश ल्याएको छ। घर, विद्यालय र आवासीय भवनहरूमा गरिएको उक्त आक्रमणमा कम्तीमा ३३ जना प्यालेस्टाइनी नागरिकले ज्यान गुमाएका छन्।

हमासको स्वास्थ्य मन्त्रालय र ‘सिभिल डिफेन्स एजेन्सी’ का अनुसार उद्धारकार्य अझै जारी छ, र मृतकको संख्या बढ्ने आशंका गरिएको छ।

advertisement

इजरायली अधिकारीहरूले भने हमासले अमेरिकाको मध्यस्थतामा भएको युद्धविरामको उल्लंघन गरेको आरोप लगाएका छन्। रक्षामन्त्री इजराइल केट्जका अनुसार हमासले इजरायली सैनिकमाथि आक्रमण गरेको र बन्धकका शव फिर्ता गर्ने सर्त तोडेको दाबी गरिएको छ।

तर हमासले इजराइलको आरोप अस्वीकार गरेको छ। उसले आफूमाथि लगाइएका सबै आक्षेप असत्य भएको बताउँदै युद्धविरामका सर्तहरू पालनामा पूर्ण रूपमा प्रतिबद्ध रहेको दाबी गरेको छ।

यसअघि मंगलबार साँझ प्रधानमन्त्री बेन्ज्यामिन नेतन्याहुको कार्यालयले सेनालाई ‘भीषण प्रतिआक्रमण’ गर्न निर्देशन दिएको संक्षिप्त विज्ञप्ति जारी गरेको थियो। तर, उक्त निर्देशन दिने कारणबारे विस्तृत विवरण भने सार्वजनिक गरिएको थिएन।

प्रकाशित मिति: १२ कार्तिक २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com