काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीच पार्टी एकीकरणका अन्तिम तयारी तीव्र भएका छन्। स्रोतका अनुसार एकीकृत समाजवादीलाई माओवादी केन्द्रमा गाभी नयाँ नामका साथ संयुक्त पार्टी गठन गर्ने सहमति लगभग भइसकेको छ।

एकीकृत पार्टीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक रहने सहमति छ भने एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सह–संयोजक बन्न तयार भएका छन्।

advertisement

पार्टीको नयाँ नामबारे भने अन्तिम टुंगो लागेको छैन। कम्युनिस्ट विचारधारालाई मुख्य आधार बनाइने भए पनि ‘माओवादी’ शब्द नयाँ नाममा नसमेटिने पक्षमा नेता नेपाल अडानमा रहेको स्रोतको भनाइ छ।

‘नेपाली कम्युनिस्ट पार्टी’, ‘समाजवादी केन्द्र’ र ‘नेकपा समाजवादी केन्द्र’ जस्ता नामका विकल्पमा छलफल भइरहेको र आगामी साताभित्र एकीकरण औपचारिक घोषणा गर्ने तयारी भएको बताइएको छ।

प्रकाशित मिति: १२ कार्तिक २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com