काठमाडौं ।  नेपालमा अनलाइन जुवा (ग्याम्ब्लिङ) साइटहरूको गतिविधि तीव्र गतिमा फैलिँदै गएको छ । कानुनले निषेध गरे पनि सरकारी निकायको बेवास्ता र मौनताका कारण ‘हिमाबेट’ (HimaBet) जस्ता अनलाइन जुवा साइटहरूले खुलेआम प्रचार–प्रसार गर्न थालेका छन् ।

राजधानी काठमाडौंदेखि पोखरा र बुटवलसम्मका सडकमा उक्त साइटका पोस्टर टाँसिएका छन् भने सामाजिक सञ्जालमा समेत विज्ञापन सञ्चालन भइरहेको छ । केही साइटहरूले खेलाडी, सेलिब्रेटीहरूको अनुहार प्रयोग गरी कृत्रिम बुद्धिमत्ता (AI) प्रविधिबाट तयार गरिएका भिडियोमार्फत आफ्नो जुवाको साइटहरू प्रचार गरिरहेका छन् ।

advertisement

सामाजिक सञ्जालमा ती भिडियो र विज्ञापनहरूले युवावर्गलाई तीव्र रूपमा आकर्षित गरिरहेको देखिन्छ । ठूलाे संख्यामा युवाहरू अनलाइन ठगीमा पर्ने गरेका छन्। यसले आर्थिक जोखिम, गलत लत र परिवारमा तनाव जस्ता समस्याहरू बढाउँदै लगेको विज्ञहरूको भनाइ छ ।

नेपालमा अनलाइन जुवा सञ्चालन कानुनी रूपमा निषेधित भए पनि हालसम्म सरकारले यसविरुद्ध ठोस कारबाही थालेको छैन । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, प्रहरी प्रशासन र दूरसञ्चार नियामक निकायले समेत यसबारे मौनता अपनाइरहेको आरोप छ ।

यस किसिमको गैरकानुनी रूपमा अनलाइन जुवा चलाउनेहरूलाइ कानुनी दायरामा नल्याए यी गतिविधिले समाजमा दीर्घकालीन नकारात्मक प्रभाव पार्ने छन् ।

 

प्रकाशित मिति: १२ कार्तिक २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com