काडमाडाैं । भारी हिमपातपछि मनाङको जनजीवन प्रभावित बनेको छ। हिउँमा फसेका पर्यटकको उद्धारमा बिहानदेखि सुरक्षा निकाय प्रयासरत छन् तर सवारी अभावमा उनीहरूलाई सकस भएको छ।

प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले हिउँमा फसेका पर्यटकको उद्धारमा सवारी अभाव भएको जानकारी दिए। ‘फसेका पर्यटकको उद्धार गरिरहेका छौं। हिउँमा सवारी पनि फसेकाले सकस भएको छ। अन्य सवारी अभाव छ,’ उनले भने।

advertisement

तिलिचो आधार शिविरमा अलपत्र पर्यटकलाई उद्धार गरिएको र खाङ्सारमा अन्य व्यवस्थापन गरिएको उनले बताए। पच्चीस किलोमिटर सडकबाट हिउँ फालेर आवागमन सहज बनाइएको पनि उनले जानकारी दिए।

केही पर्यटकलाई घरबास र केहीलाई निजी घरमा व्यवस्थापन गरिएको स्थानीय पर्यटन व्यवसायीले बताएका छन्। उनीहरूका अनुसार सबै विदेशी पर्यटक सुरक्षित छन्।

प्रकाशित मिति: १२ कार्तिक २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com