काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)बीचको पार्टी एकता प्रक्रियालाई समग्र कम्युनिस्ट आन्दोलनको रूपान्तरण र पुनर्गठनको प्रारम्भिक चरणका रूपमा अगाडि बढाउनुपर्ने बताएका छन्।
श्रेष्ठका अनुसार दुई दलबीच हुने एकता दीर्घकालीन र स्थायी बन्न आवश्यक भएकाले हतार नगरी गहिरो समझदारीका साथ अघि बढ्नुपर्ने छ। उनले विभाजन दोहोरिन नदिने सुनिश्चितता भएपछि मात्र एकता प्रक्रियालाई अन्तिम रूपमा जोड दिएका छन्।
बुधबार बिहान सामाजिक सञ्जालमार्फत आफ्ना विचार सार्वजनिक गर्दै श्रेष्ठले लेखेका छन्, ‘हतार गरेर न त समग्र एकता सम्भव हुन्छ, न त सार्थक पुनर्गठनको अवस्था बन्छ। त्यसैले धैर्यका साथ गम्भीरतापूर्वक अघि बढौँ।’

प्रकाशित मिति: १२ कार्तिक २०८२, बुधबार













प्रतिक्रिया