काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले नेपालमा सामाजिक सञ्जाल अब बन्द नहुने स्पष्ट पारेका छन्। बुधबार सिंहदरबारमा डिजिटल सञ्चारमाध्यमसँग सम्बन्धित विभिन्न संघ–संस्थासँगको छलफलमा मन्त्री खरेलले सामाजिक सञ्जाललाई बन्द नगर्ने आफ्नो नीति प्रष्ट पारे।

उनले सामाजिक सञ्जाल अहिलेको नयाँ मूलधारको सञ्चारमाध्यम भएकोले यसलाई व्यवस्थित र जिम्मेवार बनाउने दिशामा सबै सरोकारवाला पक्षले सहयोग गर्नु आवश्यक रहेको बताए। ‘सामाजिक सञ्जाललाई बन्द गर्ने कुनै योजना छैन, तर यसको सञ्चालन जिम्मेवार र नियन्त्रित ढङ्गले हुनुपर्छ,’ मन्त्री खरेलले भने।

advertisement

मन्त्री खरेलले अनलाइन सञ्चारमाध्यमलाई सरकारले चिनेको र सदैव प्राथमिकतामा राख्ने पनि बताए। उनले अनलाइन सञ्चारमाध्यमको दर्ता तथा नवीकरण प्रक्रिया सूचना विभागमार्फत अघि बढाउने व्यवस्था मन्त्रिपरिषद्मा नियमावली पेश गरी पारित गरिसकेको जानकारी दिए।

उनका अनुसार केही दिनभित्र उक्त नियमावली राजपत्रमा प्रकाशित भएपछि अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण प्रक्रिया सूचना विभागमार्फतै हुने व्यवस्था लागु हुनेछ।

प्रकाशित मिति: १२ कार्तिक २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com