धनगढी । डोटीमा एक शिक्षिका मृत फेला परिएकी छन् भने घटनासँग सम्बन्धित व्यक्ति पक्राउ परेका छन्।

पूर्वीचौकी गाउँपालिका–१ की २७ वर्षीया जानकी खड्का घर नजिकै झुण्डिएको अवस्थामा मृत फेला परिएकी हुन्। उनी बाजुराको बुढीगंगा नगरपालिका–५ स्थित भानोदय माध्यमिक विद्यालयमा कार्यरत थिइन्। यसअघि उनले धनगढीको डिस्कभरी स्कुलमा अध्यापन गरेकी र शिक्षक सेवा आयोगमार्फत स्थायी नियुक्ति पाएकी थिइन्।

advertisement

घटनापछि प्रहरीले शिक्षा समन्वय इकाई डोटीमा कार्यरत शिक्षा अधिकृत गणेश रावललाई नियन्त्रणमा लिएको छ। रावलमाथि आत्महत्या प्रोत्साहन सम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको छ।

प्रहरीका अनुसार घटनास्थलबाट रावलको नाममा लेखिएको सुसाइड नोट फेला परेको छ र त्यसको आधारमा थप अनुसन्धान भइरहेको छ। मृतक खड्काको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल डोटीमा राखिएको छ।

शिक्षिका खड्का अविवाहित थिइन् भने पक्राउ परेका रावल पहिले विवाहित रहेर सम्बन्ध विच्छेद गरी बस्दै आएका थिए। डोटी जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामचन्द्र जोशीका अनुसार घटनाको विस्तृत अनुसन्धान जारी छ।

प्रकाशित मिति: १२ कार्तिक २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com