काठमाडाैं । गृहमन्त्री ओमप्रकाश अर्याल र नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसनबीच बुधबार सिंहदरबारस्थित गृह मन्त्रालयमा भेटवार्ता भएको छ।

भेटमा नेपालको पछिल्लो शान्ति सुरक्षाको अवस्था, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयनमा देखिएका चुनौती र आगामी निर्वाचनको सुरक्षा तयारीलगायत द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको थियो।

advertisement

भेटका क्रममा राजदूत थम्पसनले देशमा शान्ति सुरक्षा पुनर्स्थापना गर्न गृह मन्त्रालय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले गरेको प्रयासको प्रशंसा गरेका थिए।

जवाफमा गृहमन्त्री अर्यालले सबै सुरक्षा निकायबीचको उत्कृष्ट समन्वय र सुरक्षा फौजप्रति जनताको बढेको विश्वासका कारण शान्ति सुरक्षाको अवस्था दिनप्रतिदिन सुधारोन्मुख रहेको बताए।

राजदूत थम्पसनले एमसीसीविरुद्ध बढ्दो गलत प्रचार र केही स्थानमा जग्गा अधिग्रहणमा देखिएका अवरोधप्रति चासो व्यक्त गरेका थिए।

गृहमन्त्री अर्यालले सरकार अघिल्लो सरकार र संसदले गरेका प्रतिबद्धताप्रति पूर्ण रूपमा कटिबद्ध रहेको स्पष्ट पार्दै आवश्यक परामर्शपछि जग्गा अधिग्रहण लगायतका समस्या समाधानको प्रक्रियालाई तीव्रता दिने आश्वासन दिए।

भेटमा गृहमन्त्री अर्यालले आगामी निर्वाचनको सुरक्षा आवश्यकताका विषयमा निर्वाचन आयोगसँग परामर्श भइरहेको जानकारी गराएका थिए।

शरणार्थीसम्बन्धी राजदूतको जिज्ञासामा गृहमन्त्रीले नेपाल सबैको आधारभूत मानव अधिकारको सम्मान गर्ने बताए।

प्रकाशित मिति: १२ कार्तिक २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com