तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका–७ स्थित माध्यामिक विद्यालय कालाखोलामा अपाङ्गमैत्री भवन निर्माण गरिएको छ ।

रु एक करोड ५३ लाखमा आठ कोठाको दुईतले अपाङ्गमैत्री भवन निर्माण सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक राजीव ओझाले जानकारी दिए । गैरसरकारी संस्था छाया नेपालको ८० प्रतिशत र तुलसीपुर उपमहानगरपालिकाको २० प्रतिशत दागतमा भवन निर्माण गरिएको उनले बताए ।

advertisement

शारीरिक अपाङ्गता भएका विद्यार्थीको पठनपाठनमा समस्या भएपछि उक्त भवन निर्माण गरिएको प्रधानाध्यापक ओझाले बताए । “विद्यालयमा शारीरिक अपाङ्गता भएका विद्यार्थीका लागि छात्रवाससहित अध्यापन हुने गर्छ, तर अपाङ्गमैत्री भवन नहुँदा निकै समस्या भएको थियो, अब सहज हुनेछ”, उनले भने ।

बुधबार भवन उद्घाटन गर्दै तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले अपाङ्गता भएका विद्यार्थीको सहजता र शिक्षामा पहुँचका लागि पालिकाले काम गरिरहेको बताए । तुलसीपुर अपाङ्गता अध्ययन केन्द्रका व्यवस्थापक यज्ञबहादुर विकले अपाङ्गमैत्री भवन नहुँदा विद्यार्थीले भोग्नुपरेको सास्ती अब समाधान हुने बताउँछन् ।

उक्त विद्यालयमा १२ जना अपाङ्गता भएका बालबालिकालाई छात्रवासमा राखेर अध्यापन गर्ने गरिएको छ ।

प्रकाशित मिति: १३ कार्तिक २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com