बंगलादेशमा गत वर्ष भएको आन्दोलनपछि भारतमा निर्वासीत जीवन विताइरहेकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफ्नो पार्टीलाई चुनावमा सहभागी हुन नदिए देशमा विभाजन बढ्ने चेतावनी दिएकी छन् ।

अन्तरिम सरकारले आगामी फेब्रुअरीमा हुने निर्वाचनमा “राष्ट्रिय सुरक्षाको खतरा” भन्दै हसिना नेतृत्वको अवामी लिगलाई प्रतिबन्ध लगाएको सन्दर्भमा हसिनाको सो चेतावनी आएको हो ।

advertisement

बंगलादेशमा सन् २०२४ को अगस्टमा विद्यार्थी नेतृत्वको आन्दोलनपछि नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा गठित अन्तरिम सरकारले निर्वाचनको तयारी गरिरहेको छ । संयुक्त राष्ट्रसंघका अनुसार सो आन्दोलनमा १ हजार ४ सय जनाको मृत्यु भएको समाचारमा जनाइएको छ ।

पूर्व प्रधानमन्त्री हसिनाका अनुसार लाखौं समर्थकहरुले मतदान बहिष्कार गर्ने बताउँदै आएका छन् । हसिनाले हालै लेखेको एक इमेलमा आफ्नो पार्टी अवामी लिगमाथिको प्रतिबन्ध अन्यायपूर्ण मात्र नभइ देशकै लागि हानिकारक भएको बताएको समाचारमा उल्लेख छ ।

प्रकाशित मिति: १३ कार्तिक २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com