एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी चिनफिङबीच बिहीबार दक्षिण कोरियामा भेटवार्ता भएको छ।

भेटवार्तापछि एयर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले ‘अत्यन्त सफल’ र ‘महान् बैठक’ भएको बताए।

advertisement

बीबीसीका अनुसार उनले लगभग १५ मिनेटसम्म प्रश्नहरूको जवाफ दिए तर चीनसँग भएको सम्झौताबारे विस्तृत बताएनन्।

ट्रम्पले चीनसँग दुर्लभ खनिज व्यापार विवाद समाधान भएको बताए। उनले भने, ‘अब चीनबाट कुनै बाधा छैन।’

यद्यपि ट्रम्पले सम्झौताअन्तर्गत के सहमति भयो भन्नेबारे विवरण दिएनन्।

ट्रम्पले भने, ‘अमेरिकाले चीनबाट आयात गरिएका सबै सामानमा तुरुन्तै भन्सार कर घटाउनेछ।’

ट्रम्पले अमेरिका र चीन युक्रेनमा चलिरहेको युद्धमा ‘सँगै काम गर्ने’ पनि बताए। तर दुई नेताबीच ताइवानको मुद्दा उठाइएन।

ट्रम्पका अनुसार उनले अर्को वर्ष अप्रिलमा चीनको भ्रमण गर्ने र यसपछि सीले अमेरिकाको भ्रमण गर्नेछन्।

प्रकाशित मिति: १३ कार्तिक २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com