किमाथाङ्का । मकालु गाउँपालिका–२ स्थित मकालु हिमाल आधार शिविर पुगेका एक इटालियन नागरिक खराब मौसम र हिमपातका कारण अलपत्र परेका छन्।

मकालु आधार शिविरभन्दा केही माथि पुगेपछि इटालियन नागरिक जेसस मार्टिनेज नोभास अलपत्र परेका हुन्।

advertisement

लगातारको वर्षा र हिमपातका कारण करिब पाँच हजार ७०० मिटरको उचाइमा रहेका इटालियन नागरिक नोभासको मङ्गलबारदेखि उद्धार हुन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिए। उनको उद्धारको पहल भइरहेको उनले बताए।

सङ्खुवासभाको उच्च हिमाली भेगमा मङ्गलबारदेखि निरन्तर वर्षा र हिमपात भइरहेको छ।

‘उद्धारका लागि हेलिकप्टर माग गरेका छौँ, प्रतिकूल मौसमका कठिनाइ भइरहेको छ,’ प्रहरी नायब उपरीक्षक मैनालीले भने।

लगातारको वर्षा र उच्च हिमाली भेगमा भइरहेको हिमपातका कारण चार हजार मिटरभन्दा माथिको क्षेत्रमा पदयात्रा नगर्न जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेको छ।

प्रकाशित मिति: १३ कार्तिक २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com