काठमाडौं । प्रेस चौतारी नेपालले केन्द्रीय अध्यक्ष गणेश पाण्डेको लमजुङ बेंसीसहरस्थित घरमा गएराति अज्ञात समूहले ढुङ्गा प्रहार गरी तोडफोड गरेको घटनाप्रति निन्दा प्रकट गरेको छ ।

महासचिव हीरामान लामाद्वारा आज जारी विज्ञप्तिमा पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रताका पक्षधर, श्रमजीवी तथा व्यावसायिक पत्रकारहरूको संस्थाको केन्द्रीय अध्यक्षकै घरमा यस्तो आक्रमण हुनु अत्यन्त गम्भीर र निन्दनीय कार्य भएको जनाइएको छ । ‘यो आक्रमण योजनाबद्ध रूपमा गरिएको हाम्रो निष्कर्ष छ । गत भदौ २४ गतेदेखि सामाजिक सञ्जालमा अध्यक्ष पाण्डेविरुद्ध उत्तेजना फैलाइ घरमा आक्रमण गर्न आह्वान गरिनु र गएराति आक्रमण हुनुले यो षड्यन्त्रपूर्वक आयोजना गरिएको स्पष्ट प्रमाणित भएको छ‘ ’, विज्ञप्तिमा भनिएको छ ।

advertisement

चौतारीले कलमजीवीलाई दबाउने प्रयास सफल नहुने भन्दै घटनाको निष्पक्ष, छिटो र प्रभावकारी अनुसन्धान गरी अपराधमा संलग्नलाई तत्काल कानुनी कठघरामा उभ्याउन सुरक्षा निकाय र प्रशासनसँग माग गरेको छ ।

ढुङ्गा प्रहारबाट अध्यक्ष पाण्डेको घरका झ्यालका सिसाहरू फुटेका र उनकी ८२ वर्षीया हजुरआमा सुतेको कोठामा बढी क्षति पुगेको चौतारीले जनाएको छ ।

प्रकाशित मिति: १४ कार्तिक २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com