काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक महाधिवेशन कार्यतालिकामा सहमति जुट्न नसक्दा स्थगित भएको छ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माबीच आगामी महाधिवेशनको मिति र तालिका निर्धारणमा मतभेद उत्पन्न भएपछि शुक्रबार निर्धारित बैठक स्थगन गरिएको हो।

advertisement

एक केन्द्रीय नेताका अनुसार, कार्यतालिकामा कुरा नमिलेपछि बैठक आइतबार दिउँसो १ बजे बस्ने गरी सारिएको छ।

पार्टीभित्र अहिले दुई धार देखिएका छन् -संस्थापन पक्ष आगामी निर्वाचनपछि १५औं महाधिवेशन गर्ने पक्षमा छ भने महामन्त्रीद्वयसहितको समूह मंसिरभित्रै नियमित महाधिवेशन सम्पन्न गर्नुपर्ने अडानमा रहेको छ।

यसअघि बिहान नेता शेखर कोइरालासँग भएको भेटमा महामन्त्रीद्वय थापा र शर्माले पुस १६ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव अघि सारेका थिए। सोही निष्कर्षसहित उनीहरू कार्यवाहक सभापति खड्कासँग छलफलमा बसेका थिए।

तर, छलफल सहमतिमा पुग्न नसकेपछि बैठक स्थगन गरिएको हो। आइतबार बस्ने बैठकले महाधिवेशन कार्यतालिकाबारे अन्तिम निर्णय गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: १४ कार्तिक २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com