काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जेलमुक्त गरी उनकै नेतृत्वमा नयाँ वैकल्पिक शक्ति निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।

उनले कांग्रेस र कम्युनिष्टजस्ता पुराना दलहरूलाई परास्त गर्न सबै नयाँ शक्तिहरू एक ठाउँमा उभिनुको विकल्प नभएको बताए।

advertisement

शुक्रबार रास्वपाद्वारा आयोजित ‘वृहत् राजनीतिक संवाद’ कार्यक्रममा बोल्दै डा. भट्टराईले भने, ‘रविजीलाई पनि निकालौँ कुनै तरिकाले, उहाँको एउटा नेतृत्वको पनि आवश्यकता छ, उहाँको जुन मुद्दा छ, त्यसलाई बाहिर नै रहेर फेस गर्ने वातावरण बन्न सक्दाखेरि उहाँको क्षमता, प्रतिभाको प्रयोग पनि हुन सक्थ्यो।’

आफूले लामिछानेमाथि भेदभाव भएको महसुस गरेर नै उनको रिहाइको पक्षमा हस्ताक्षर गरेको समेत स्मरण गरे।

प्रकाशित मिति: १४ कार्तिक २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com